नियम १०१
निर्माण स्थलको भ्रमण
(१) बोलपत्र तयार गर्न र खरिद सम्झौता गर्न आवश्यक
सूचना प्राप्त गर्न बोलपत्रदाता आफै वा निजको कर्मचारी वा एजेन्टलाई
बोलपत्रदाताको आफ्नै खर्च र आउन सक्ने जोखिम प्रति उत्तरदायी हुने गरी निर्माण
स्थलको भ्रमण गर्न गराउन सक्नेछ ।
(२) स्थानीय निकायले उपनियम (१) बमोजिम निर्माण स्थलको भ्रमण गर्न
अनुमति दिनु पर्ने भएमा त्यस्तोे अनुमति दिनु पर्नेछ ।
(३) स्थानीय निकायले बोलपत्रदातालाई निर्माण स्थलको यथार्थ जानकारी दिन
नियम १०२ बमोजिम हुने बैठकको अघि निर्माण स्थलको भ्रमण गराउन सक्नेछ ।